फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई पनि स्वीकृत दिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई पनि स्वीकृत दिने


१० कार्तिक २०७८, बुधबार


काठमाडौँ । अमेरिकाले कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकामा लगाउन स्वीकृत दिने भएको छ ।

अमेरिकी सरकारको एउटा प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिको उमेर समूहका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ ।

फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसश (एफडिए) का विज्ञहरुले खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन् ।

योसँगै अबको केही साता भित्रै ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि खोप आकस्मिक प्रयोगको स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ ।

गत सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि पनि सुरक्षित र प्रभावकारी रहेको जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस