मध्यपुरथिमिमा ग्यास लिक हुँदा घरमा आगलागी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मध्यपुरथिमिमा ग्यास लिक हुँदा घरमा आगलागी


९ कार्तिक २०७८, मंगलबार


आगलागी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ ।

आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस