सुनको मूल्य बढ्यो, चाँदीको स्थिर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


९ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ ।

सुन सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९२ हजार १०० रहेकामा सोमबार ९१ हजार ९०० थियो ।महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला रु एक हजार २६५ कायम छ ।

चाँदी सोमबार प्रतितोला सोही मूल्यमै कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस