काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धी मुद्दाको मिति आज (मंगलबार) तोकेको छ ।
अधिवक्ता डा। गणेश रेग्मीद्वारा गत भदौ १६ गते दर्ता गराइएको मुद्दामा न्यायाधीश हरि फुयाँलको एकल इजलास प्रधानन्याधीश विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुद्दामाथि न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलास तोकेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सो इजलासका सम्बन्धमा लिखित जवाफ आएपछि पूर्ण सुनुवाइका लागि आज पेस गरिएको हो । यसका लागि प्रधानन्यायाधीशद्वारा बेन्च तोकिएको पनि उनले बताए ।
संवैधानिक नियुक्ति मुद्दाको सम्बन्धमा प्रधानन्यायाधीशसँग सर्वोच्च अदालतका महान्यायाधीशहरुद्वारा असहमति जनाउँदै आएका छन् ।
यसैबीचमा उनीहरुले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशसँग भेट गर्ने भने पनि प्रशासनसम्म कुनै खबर नआएको पनि दाहालले बताएका छन् ।