एमालेका पालिकास्तरमा मङ्गलबार अधिवेशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमालेका पालिकास्तरमा मङ्गलबार अधिवेशन


८ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो ।

विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । सोका लागि प्राविधिकलगायत तयारी पूरा भएको बताए ।

यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन तय गरिएकामा अधिकांश वडामा सम्पन्न भएको छ भने बाढी पहिरो प्रभावित केही स्थानमा स्थगन भएको छ । पार्टीको नयाँ विधानबमोजिम गाउँ/नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दसौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस