नेप्सेमा ८७ अङ्कको वृद्धि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेप्सेमा ८७ अङ्कको वृद्धि


८ कार्तिक २०७८, सोमबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अङ्कले बढेको नेप्से परिसूचक सोमबार ८७.६३ अङ्कले बढेर २ हजार ६ सय ७२.२५ अङ्कमा पुगेको छ ।

‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.६१ अङ्कले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ ।

दिनभर ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको छ । कारोबार रकम दसैँ बिदा पछिकै सर्वाधिक हो ।

Tags :
प्रतिक्रिया दिनुहोस