२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सेवा प्रवाह : दुर्गमले उछिन्यो सुगमलाई

अ+ अ-

जाजरकोट । दुर्गम क्षेत्रको बारेकोट गाउँपालिकाले स्वास्थ्य सेवा प्रवाहमा अन्य पालिकालाई उछिनेको छ ।

स्वास्थ्य सेवा कार्यालयले स्वास्थ्य सेवा प्रवाहलाई आधार बनाई गरेका समीक्षामा अन्य सात पालिकालाई उछिन्दै बारेकोट एक नम्बरमा आएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा बारेकोट पहिलो नै भएको थियो ।

स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर, पोषणलगायतका ४३ सूचकलाई आधार बनाई गरिएका समीक्षामा बारेकोटले १०० मा ६१.९२ अङ्क ल्याएर प्रथम भएको हो । त्यस्तै भेरी र नलगाड नगरपालिका क्रमशः दोस्रो र तेस्रो भएको सो कार्यालयले जनाएको छ ।

यसैगरी छेडागाड नगरपालिका ४९.६०, कुशे ५४.६१, शिवालय ४८.२६ र जुनिचाँदे गाउँपालिकाले ४२.१७ अङ्क प्राप्त गरेका थिए ।

भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोटका सबै ठाउँमा सडक पुगेको छैन ।

पछिल्लो समय जिल्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढेको छ । बढ्दो जनचेतनाका साथै गाउँ गाउँमा स्वास्थ्य संस्था स्थापना भएपछि सुरक्षित सुत्केरी हुनेको दर बढेको जनाइएको छ ।

घरमै सुत्केरी हुँदा समस्या आउने बित्तिकै धामी, झाँक्रीको सहारा लिने स्थानीयवासी अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा जाने गरेको बारेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए ।

स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी भए यातायात खर्चका साथै न्यानो झोला, स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेपछि झन् महत्त्व बढेको हो ।

उनका अनुसार स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्नेको सङ्ख्यासमेत बढेको छ । नलगाड, छेडागाड र शिवालय गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा प्रवाह गरिरहेका छन् । अधिकांश गाउँमा कच्ची सडकको ट्र्याक खुलेसँगै स्वास्थ्य सेवा पाउन सहजता आएको जनाइएको छ ।

स्टेचरको अभाव

कुशे गाउँपालिकाका सबै वडामा स्टेचरकै अभाव भएको छ । चालीस स्टेचर अभाव रहेको जनाइएको छ । सो पालिकामा प्रसूति गराउने पाँच शय्याको माग भए पनि अझै तीन अपुग रहेको छ ।

सामान्य खालको शय्याको सङ्ख्यासमेत अभाव रहेको समीक्षामा बताइएको छ । प्रसूति गृहमा चाहिने टर्च लाइट शून्य छ । सुरक्षित गर्भपतन सेवा गाउँपालिकामा नहुँदा समस्या हुँदै आएको छ । दर्ताबिना १३ मेडिकल सञ्चालनमा रहेकोसमेत पाइएको छ । पूर्ण संस्थागत प्रसूति भएको वडाका सङ्ख्यासमेत शून्य छ ।

नाम मात्रैका भाडामा सञ्चालनमा रहेका पाँच बर्थिङ सेन्टर रहेको स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको सबै स्वास्थ्य संस्था भाडामा सञ्चालनमा रहेको पाइएको छ । तीन रोपनी जग्गा मात्र स्वास्थ्य संस्थाको नाममा छ ।

मापदण्डअनुसार निर्माण भएका प्रसूति केन्द्रको सङ्ख्या शून्य छ । त्यस्तै नलगाड नगरपालिकामा वर्ष दिनदेखि एक्सरे नहुँदा समस्या हुँदै आएको छ । त्यस्तै गर्भ निरोधक सुई डिपोको गत चैतदेखि नै अभाव रहेको पाइएको छ । सबै स्वास्थ्य संस्थामा औषधिको अभाव सधैँ रहने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस