२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाकाली नदीको पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग

अ+ अ-

कञ्चनपुर । महाकाली नदीको निर्माणाधीन पुल जोड्ने पहुँचमार्गअन्तर्गत निर्माण गरिएको कालोपत्र सडक बग्नुको कारणबारे छानबिनको माग गरिएको छ ।

गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी सडक निर्माण गरिएको गुनासो आएको भन्दै राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले छुट्टाछुट्टैरूपमा विज्ञप्ति जारी गरी छानबिनको माग गरेका हुन् ।

नेकपा (एमाले) भीमदत्त नगर कमिटीका अध्यक्ष रमेश तिरुवा र सचिव भगतसिंह विकले विज्ञप्ति जारी गर्दै पहुँचमार्ग बग्नुको कारणबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘महाकाली नदीमा निर्माणाधीन पुलको पहुँचमार्ग (भाइरल रोड) निर्माणमा प्रयोग गरिएको सामग्री गुणस्तरहीन रहेको व्यापक जनगुनासो आएको हुँदा उक्त निर्माणकार्यको आवश्यक छानबिनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौँ ।’

यसैगरी नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका अध्यक्ष कैलाशचन्द्र गिरी, वाइसीएल सचिव तिलक जप्रेल, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका संयोजक रमेश पन्त र युवासङ्घ नेपालका सहसंयोजक मुकेश सिंहद्वारा जारी संयुक्त विज्ञप्तिमा भीमदत्त नगरपालिकाको वडा नं ११, १२, १३ र १४ लाई जोड्ने छ लेनको महाकाली पुलको आयोजना राष्ट्रकै गौरवको योजनाका रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण क्षतविक्षत भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आयोजनामा भएको प्राविधिक कमजोरी गुणस्तरमा कमी तथा अन्य कमीकमजोरी के–कति कारणले भएको भन्ने कुराको सत्य तथ्य छानबिन गर्न समिति गठन गरी दोषीउपर कारबाही गरिनुपर्छ ।’ निर्माणाधीन चार लेनको पुलबाट भुजेलाखोलासम्म ३०० मिटरभन्दा बढी पहुँचमार्ग महाकाली नदीले बगाएको छ ।

सडक भत्किएपछि ठेकेदार कम्पनीले ठेक्का सम्झौताअनुसार गुणस्तरीय सामग्री प्रयोग नगरेको आरोप लागेको छ । स्थानीय बासिन्दाले बालुवाको प्रयोग गरी सडक निर्माण गर्दा भत्किएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस