२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचथरमा बाढीपहिरोमा परी मृत्यु भएका २६ जनाको सनाखत

अ+ अ-

पाँचथर । पाँचथरमा बाढीपहिरोका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन ।

पाँचथरमा बाढीपहिरोमा परी छ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । पाँचथरमा पहिराले पुर्दा इलामका दुई स्वास्थ्यकर्मी समेत बेपत्ता छन् ।

बाढीपहिरोमा परी मृत्यु हुनेमा फिदिम नगरपालिका– १३ लुङरुपाकी २२ वर्षीया ममता लिम्बू र सोही स्थानका चार वर्षीय रोमन मगर, फाल्गुनन्द गाउँपालिका– ३ मालिङ्गेका १० वर्षीय युगेश तामाङ र सोही स्थानका २८ वर्षीय फुर्वा तामाङ, फाल्गुनन्द गाउँपालिका–४ च्याप्लुङकी ३५ वर्षीया प्यारीमाया तुम्बापो चेम्जोङ र कुम्मायक गाउँपालिका–२ लोक्तापाकी ४० वर्षीया डम्बरकुमारी शर्मा छन् ।

यस्तै जिल्लाको मिक्लाजुङ गाउँपालिका– ५ कारबारीका ७५ वर्षीय धनबहादुर लावती, सोही वडाको हुलाक भन्ने ठाउँकी ३६ वर्षीया चन्द्रकला राई, मिक्लाजुङ गाउँपालिका–१ आठभैयाका ३५ वर्षीय सन्तोष नेपाली, मिक्लाजुङ वडा नं ५ सिक्तेम्बाका ४७ वर्षीय मनबहादुर राई र सोही स्थानकी ४६ वर्षीया बिमला श्रेष्ठ राई, सोही वडाको पञ्चमी भन्ने स्थानका ३१ वर्षीय विष्णुबहादुर लावती, ३१ वर्षीय सन्दीप लावती, १७ वर्षीय अनिल राई, १७ वर्षीय अनिया चोङबाङ, २८ वर्षीय प्रताप चोङबाङ, ६५ वर्षीय पदमसिंह चोङबाङ, ३१ वर्षीय सुरज चोङबाङ, ५५ वर्षीय भद्रमाया लावतीको पहिरोमा परी मृत्यु भएको छ ।

यस्तै मिक्लाजुङ गाउँपालिका–४ पञ्चमीका २५ वर्षीय बबिन राई र २७ वर्षीय अनिल राई, धनकुटा घर भएका ६० वर्षीय मगर साइला भनिने व्यक्ति, मिक्लाजुङ– २ नाकेदिमकी ५१ वर्षीया मानमती शर्मा र सोही स्थानकी २१ वर्षीय निशा शर्मा तथा मिक्लाजुङ–७ का मनमाया राई र वीरमान राईको बाढीपहिराका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस