सिरियामा सैनिक बसमा बम विस्फोट हुँदा १३ सैनिकको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिरियामा सैनिक बसमा बम विस्फोट हुँदा १३ सैनिकको मृत्यु


३ कार्तिक २०७८, बुधबार


दमास्कस । सिरियाको राजधानी दमास्कसमा सैनिक बसमा आत्मघाती बम विस्फोट भएको छ ।

छुट्टाछुट्टै भएको दुई वटा विस्फोटमा परि १३ सैनिकको मृत्यु भएको छ भने अन्य ३ घाइते भएका छन् ।

स्थानीय मिडियाका अनुसार आज (बुधबार) बिहान व्यस्त समयमा छुट्टाछुट्टै विस्फोट भएको थियो ।

हाफेज अफ असद पुलमुनि हुँदै सेनाको गाडी गुडिरहेको बेला एउटा विस्फोट भएको थियो भने अर्को जिसर अल रेइस पुलनजिकै भएको थियो ।

तेस्रो बम भने सेनाको इन्जिनियरिङ टोलीले डिस्पोजल गरेको र घटना कसले गराएको भन्नेबारे अनुसन्धान थालिएको बताइएको छ ।

पछिल्लो समय सिरियामा आइएसआइएल लडाकुद्वारा थुप्रै आक्रमण भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस