भारतीय डिफेन्स कलेजका प्रशिक्षार्थी पुगे जङ्गी अड्डा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

भारतीय डिफेन्स कलेजका प्रशिक्षार्थी पुगे जङ्गी अड्डा


२ कार्तिक २०७८, मंगलबार


काठमाडौँ ।  नेपाल भ्रमणमा रहेको भारतको नेशनल डिफेन्स कोर्ष-२०२१ का सैनिक अधिकारीले मङ्गलवार जङ्गी अड्डाको भ्रमण गरेका छन् ।

भारतीय जल सेनाका वरिष्ठ सैनिक अधिकारी धिरेन भिगले नेतृत्व गरेको उक्त टोली असोज ३१ गते नेपाल आएको थियो । 

भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेजका प्रशिक्षार्थी रहेका सैनिक अधिकारीहरूसँग प्रधानसेनापति प्रभुराम शर्माले भेटवार्ता गरेका थिए ।

प्रधानसेनापति शर्माले दुई मुलुकका सेनाबिच हुने पारस्परिक भ्रमणले द्विपक्षीय सुरक्षा चासोलाई सम्बोधन गर्न सहज हुने बताए ।

टोलीले पोखरास्थित मध्य–कमान्ड हेड क्वाटर, शिवपुरीस्थित कमान्ड तथा स्टाफ कलेजको अध्ययन भ्रमण गर्नेछ । उक्त टोली धार्मिक एवं पर्यटकीय क्षेत्रमा समेत जाने छ ।

टोलीले पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, नाम्चे स्थित होटेल एभरेस्ट भ्यु र चन्द्रागिरिको भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । कमान्ड तथा स्टाफ कलेज गर्ने क्रममा भारतीय र नेपाली सैनिक अधिकारीहरू एक अर्को मुलुक भ्रमण गर्ने परम्परा छ ।

सोही परम्परा अनुसार भारतीय टोली काठमाडौँ आएको हो । अस्ट्रेलिया, भुटान, मालदिभ्स र श्रीलङ्काका सैनिक अधिकारीहरू सम्मिलित उक्त टोली कार्तिक ६ गते भारत फर्किनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस