मोहन वैद्यलाई भेट्न अस्पताल पुगिन् राज्यमन्त्री यादव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोहन वैद्यलाई भेट्न अस्पताल पुगिन् राज्यमन्त्री यादव


२ कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई भेट्न शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव थापाथलीस्थित नर्भिक अस्पताल पुगेकी छिन् ।

अस्पतालमा उपचार गराइरहेका वैद्यलाई भेटेर राज्यमन्त्री यादवले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी हुन् ।

मङ्गलवार बिहान वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको यादवको सचिवालयले जनाएको छ। राज्यमन्त्री यादवले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्न समेत आग्रह गरिन् ।

वैद्यको स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरूले बताएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए । उनलाई दमलगायत समस्या देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस