राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव सिलवाल बर्खास्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव सिलवाल बर्खास्त


१ कार्तिक २०७८, सोमबार


काठमाडौँ । सरकारलेराष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको नियमित बैठकले केपी ओली सरकारको पालामा नियुक्त भएका सिलवाललाई हटाएको हो । उनको काम चित्त बुझ्दो नभएपछि हटाउने निर्णय भएको एक मन्त्रीले बताए । 

यसैगरी राष्ट्रिय युवा परिषद्का कार्यकारी माधव ढुङ्गेल र युवा स्वरोजगार कोषका कार्यकारी डा.कल्याण रोक्कालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

उनीहरू तीन जनालाई दसैँअघि नै स्पष्टीकरण सोधिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस