२४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु « प्रशासन
Logo १९ मंसिर २०७८, आइतबार
   

२४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु


१ कार्तिक २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ९६९७ नमुना परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ ।

त्यस्तै आज ९३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस