सिडिओको सरुवा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सिडिओको सरुवा


३१ आश्विन २०७८, आइतबार


काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले मन्त्री स्तरीय निर्णयबाट दसैँपछि कार्यालय लागेकै दिन केही जिल्लाका प्रजिअसहित कर्मचारीको सरुवा गरेका हुन् ।

मन्त्रालयका अनुसार किरण थापा कैलाली, कैलालीका खगेन्द्र रिजाल मन्त्रालय, जगन्नाथ पन्त मन्त्रालयबाट पाल्पा, हरि प्रसाद घिमिरे अर्घाखाँची, वेदनिधि खनाल सिन्धुपाल्चोक, माधव ढकाल बिपद जोखिम प्राधिकरण, वेदनिधि अधिकारी  डोल्पा, नेत्र शर्मा मुस्ताङ, श्रीनाथ पौडेल मन्त्रालय, विष्णु पौडेल मन्त्रालय, राजु पौडेल स्याङ्जा, दीपक नेपाल मन्त्रालयमा सरुवा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस