चाडपर्वमा खानपिन र दाँतको सुरक्षा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चाडपर्वमा खानपिन र दाँतको सुरक्षा


२८ आश्विन २०७८, बिहिबार


काठमाडौँ । चाडपर्वमा गुलियो मिठाइ र माछा/मासुजन्य पदार्थको बढी प्रयोग हुने गर्दछ । गुलियो र मासुजन्य पदार्थ दाँतमा अड्कियो भने गिजा र मुखमा समस्या आउने गर्दछ । र यसले स्वास्थ्यमा प्रतिकुल असर गर्दछ । चाडपर्व मनाउँदै गर्दा दाँतको सुरक्षाका लागि खानपिनमा पनि ध्यान पुर्‍याउन जरुरी छ ।

खानपिनले दाँतमा हुने समस्यागुलियोबाट बनेका मिठाइ र मासुको प्रयोगले दाँतमा असर गर्दछ । गुलियो पदार्थ बढी खायो भने दाँतमा लाग्ने किरा अझ बढी बढ्ने सम्भावना हुन्छ । गुलियो पदार्थले शरीरमा सुगर, डायबिटिजका बिरामीहरूमा ब्लड सुगर बढेर जान्छ । यसले गिजामा असर गर्छ । गिजामा असर भयो भने यसको असर दाँतमा पर्दछ ।

अर्कोतर्फ माछा मासु खाँदा दाँतमा अड्किने, हड्डीले गिजामा घाउ बनाउने र गिजा सुन्निने समस्या आउन सक्छ । माछा मासु खादा पनि ध्यान पु¥याउनु पर्छ । यसै गरी चाडपर्वमा साथीभाइ भेट हुँदा रमाइलो गर्नका लागि मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनामा परेर दाँतमा चोट लाग्ने र भाँच्चिने सम्भावना पनि हुन्छ । मादक पदार्थ खाएर सवारी चलाउँदा दुर्घटनामा परी दाँतमा समस्या आउन सक्छ । 

दाँतको सुरक्षागुलियो पदार्थ खाइसकेपछि प्रशस्त मात्रामा पानी पिउनु पर्छ । गुलियो पदार्थहरू दाँतमा अड्किएर बस्यो भने त्यसले ब्याक्टेरियाहरू बढेर हर्षा हुने, दाँतमा खिया लग्ने जस्ता समस्याहरू बल्झिन सक्छन् । यस कारण पनि गुलियो पदार्थ खाइसकेपछि पानी पिउने र मुख कुल्ला गर्ने गर्न पर्छ ।दाँतको सुरक्षाका लागि सरसफाइ पनि महत्त्वपूण छ ।

बिहान र बेलुका खाना खाएपछि दाँत माझ्ने गर्नु पर्छ । सामान्य ब्रसले मात्रै कहिलेकाहीँ दाँत सफा नहुन सक्छ । दाँतमा अड्किएको फोहोर बाहिर नआउन सक्छ । दाँतमा केही खानेकुरा अड्कियो भने यसले गिजामा पनि समस्या हुन्छ ।

दाँत सफा गर्नका लागि ब्रससँगै डेनटल फ्लस र इन्टर डेनटल ब्रस प्रयोग गर्नुपर्छ । टुथ पिक प्रयोग सकेसम्म नगर्दा राम्रो हुन्छ । यसको प्रयोग गर्दै गर्दा गिजामा चोट लाग्न सक्छ । रगत आउन सक्छ । यसैबाट गिजाको इन्फेक्सन हुन सक्छ । यसले अल्सर बनाउन सक्छ । यस कारण टुथ पिक प्रयोग नगर्दा राम्रो हुन्छ ।

अर्कोतर्फ कहिले काहीँ टुथ पिकको टुप्पो नै दाँतको बिचमा अड्कन सक्छ ।दाँतको बिचमा अड्किएको मासुलगायतका बस्तु डेनटल फ्लसले निकाल्नु पर्छ । यसले गिजामा घाउ बनाउँदैन । दाँत र गिजाको सङ्क्रमण कम गर्नका लागि मुख कुल्ला गर्ने ओरल ड्रिङ्स पनि प्रयोग गर्न सकिन्छ । बोतलका ढक्कनहरू खोल्दा पनि दाँत भाँचिन सक्छ । यसतर्फ पनि ध्यान दिन जरुरी छ ।

कुन अवस्थामा अस्पताल जानेगिजामा पिप जम्यो नजिकैको अस्पताल वा क्लिनिकमा स्वास्थ्यकर्मीसँग परामर्श लिन जरुरी छ । गिजामा जमेको पीप समयमा नै फालिएन भने आँखा र अनुहार नै सुन्निन सक्छ । खाना खाँदाखाँदै दाँत भाँचियो भने पनि तुरुन्त अस्पताल जानु पर्छ । किन कि भाँचिएको ठाउँबाट इन्फेक्सन सुरु भएर नसाहरूमा पुग्न सक्छ । हड्डीहरूमा जान सक्छ । जतिसक्दो चाँडो डाक्टरहरूको परामर्श लिनुपर्ने हुन्छ ।

गुलियो पदार्थहरू सकेसम्म कम खाऊँ । दाँतको काम चपाउने हो । यसलाई चपाउने बाहेक अन्य काममा प्रयोग नगरौँ । बोतल खोल्ने, प्लास्टिक झोला खोल्नका लागि यसको प्रयोग नगरौँ । जसले दाँत भाँचिने सम्भावना बढी हुन्छ । 

जतिसुकै सुन्दर भए पनि दाँत बिग्रेको छ भने मानिस कुरूप देखिन्छ । स्वस्थ दाँत मुस्कानको स्रोत मानिन्छ । सुन्दर मानिसको पहिलो प्राथमिकता दाँत पनि हो । त्यसैले दाँतको सुरक्षा प्रति हेल्चेक्राँइ नगरौँ । धुलिखेल अस्पतालका वरिष्ठ दन्त चिकित्सक डा. दशरथ काफ्लेसँगको कुराकानीमा आधारित 

Tags :
प्रतिक्रिया दिनुहोस