२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायल जाने १ हजार नेपाली कामदार गोलाप्रथाबाट छानिए

अ+ अ-

काठमाडौँ । इजरायलले नेपालबाट लैजाने एक हजार कामदार छनोट गरेको छ । नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये एक हजार जनाको नाम सोमबार गोलाप्रथाबाट छनोट गरिएको हो । इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ ।

‘झन्डै एक वर्षअघि देखिको यो प्रक्रिया यहाँसम्म आइपुगेको छ,’ भर्चुअल रुपमा कार्यक्रममा काठमाडौंबाट सहभागी भएका नेपालका लागि इजरायली राजदूत हनान गोडरले भने,‘यो खुसीको अवसरमा नेपाल सरकार र इजरायली सरकार दुवैलाई धन्यवाद दिन चाहन्छु । यसले दुवै मुलुकका नागरिकहरु लाभान्वित हुनेछन् ।’

इजरायले नेपालबाट एक हजार ‘एक्जुलरी वर्कर्स’ अर्थात् मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारको रुपमा लैजान एक वर्षअघि प्रक्रिया थालेको थियो । उक्त प्रक्रियामा सुरुआतमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए ।

त्यसपछि अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १६ सय जना छनोट भएका हुन् । त्यसमध्ये गोलाप्रथाबाट एक हजारलाई छनोट गरिएको हो । ‘यो गोलाप्रथा नै सबैभन्दा पारदर्शी प्रक्रिया हो । त्यसैले यसलाई हामीले सबैले देख्ने गरी पारदर्शी प्रक्रियामा गोलाप्रथा गरेका हौं,’ राजदूत गोडरले भने ।

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट एक हजार जना नेपालीहरुको नाम आइसकेको बताए । उनले नाम आएका व्यक्तिहरुको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जानको लागि तयार हुने बताए । छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल जान पाउने अवस्था रहने छैन् ।

इजरायलले कुनै पनि म्यानपावर र कुनै पनि विचौलीया बिनामात्र नेपालबाट सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट कामदार लैजाने भन्दैआएको थियो । सोही अनुसार जीटुजी प्रक्रियाबाटै कामदार लान लागिएको हो । पूर्व श्रमसचिव विनोद केसीले इजरायलले उक्त प्रस्ताव गरेपछि नेपाल सरकारकोतर्फबाट आफूहरुले नै इजरायललाई यसरी कामदार लानको लागि सल्लाह दिएको प्रष्ट पारे ।

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले यो कामदार छनोट प्रक्रिया हरेक चरणमा पारदर्शी रहेको बताइन् । उनले भनिन्, ‘यो सफलताको भागेदार दुवै मुलुक हुन् । दुवै मुलुकका जनताले यसको फाइदा लिन सक्ने छन् ।’ उनले यसपछि कृषि क्षेत्रमासमेत कामदार पठाउनको लागि प्रक्रिया अघि बढिसकेको बताइन् ।’

प्रतिक्रिया दिनुहोस