जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा. कोइराला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको विकास गर्नुपर्छ : महामन्त्री डा. कोइराला


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको आर्थिक विकास गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिले दसैँका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्ने बताएका हुन् ।

महामन्त्री डा. कोइरालाले काँग्रेसभित्रको गुठको अन्त्यका लागि आफूले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार दिन लागेको बताए । ‘काँग्रेसलाई एक ढिक्का बनाउनका लागि मेरो सभापति पदमा उम्मेदवारी रहन्छ’, डा. कोइरालाले भने ।

काँग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेको बताए । ‘काँग्रेसले पार्टीको नीति, सिद्धान्त र आदर्श विना कसैसँग सम्झौता गर्नु हुँदैन’, उनले भने ।

जनतालाई काँग्रेसप्रति ठुलो भरोसा र विश्वास रहेको उनको भनाइ थियो । काँग्रेस धादिङका पूर्व सभापति एवं पूर्व सांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताए । पार्टीको सिद्धान्त र विचार विपरीत काँग्रेस अगाडि बढेको उनको भनाइ थियो ।

सम्पर्क समितिका सभापति ईन्द्रप्रसाद काप्रीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य नभएसम्म पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्न नसक्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस