२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतका कारण गत हप्तादेखि टेलिकम सेवा अवरुद्ध

अ+ अ-

रोल्पा । रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।

सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेकाले गत हप्तादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो ।

गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट वञ्चित भएका हुन् । टावर कहिले आउने कहिले जाने गर्छ स्थानीयवासी हिक्मत घर्तीले भने ।

पहिले सोलारमार्फत विद्युत् सञ्चालन हुने गरेकामा अहिले झन् विद्युत् भएर पनि नियमित सेवा सञ्चालनमा छैन उनले भने । सम्बन्धित निकायले चासो नै दिँदैन कहिलेसम्म यसरी बस्ने घर्तीले दुखेसो पोखे ।

टेलिकम टावर अवरुद्ध भएपछि धेरै पटक विद्युत् र टेलिकमका कार्यालयमा सम्पर्क गरी छिटो मर्मत गर्न पहल गरिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए । पटक पटक फोन गरेको छु, म आफैँ पनि कार्यालय पुगेर समस्या बताउँदासमेत तुलसीपुरले हेर्ने हो हामीले होइन भन्ने जवाफ पाइयो ।

उता विद्युत् कार्यालय प्रमुखलाई छिटो ट्रान्समिटर मर्मत कार्य गर्नुपर्‍यो भनी फोन गर्दा उल्टै थर्काउने गरेको अध्यक्ष पुनले गुनासो गरे । तार जलेको छ भन्ने बुझिएको छ नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख शम्भुप्रसाद मण्डलले बताए । टेलिकमका कर्मचारी आएपछि आफूले प्राविधिक पठाउने उनको भनाइ थियो ।

टेलिकमको साइड हो भनेपछि त उसैले उपलब्ध गराउनुपर्‍यो नि उनले भने । टावरको जिम्मा तुल्सीपुरको कार्यालयले हेर्ने गरेको दूर सञ्चार कार्यालयका प्रमुख भीष्मध्वज उपाध्यायले बताए । यो मर्मतका लागि उक्त कार्यालयमा चार इञ्जिनीयरको टोली रहेको र उनीहरूले नै हेर्ने भएकाले तुलसीपुरबाट सामानसहित टोली चाँडै आउनेसमेत उनले बताए ।

समयमै मर्मत गर्न ढिलाइ गर्दा हप्तौँ दिनसम्म टेलिफोन सेवाबाट सेवाग्राही वञ्चित भएका छन् भने जिल्लाको पश्चिमोत्तर भेगको थवाङ, परिवर्तन, गङ्गादेव र माडी गाउँपालिकामा पनि यो समस्या देखिने गरेको छ ।

माडी गाउँपालिका–५ भाबाङ, वडा नं ३स्थित तालाबाङ, परिवर्तन गाउँपालिकाको वडा नं २स्थित राङ्सी र वडा नं ५को राङ्कोट थबाङ गाउँपालिका–२स्थित थवाङमा टावर बनाइए पनि भरपर्दो छैन ।

गङ्गादेव गाउँपालिकाको वडा नं ७स्थित राँकको रातामाटामा रहेको टावर पश्चिम नेपालको सबैभन्दा ठुलो क्षमताको टावर मानिन्छ । नेपाल टेलिकमको सो टावरसँग अन्य टावर जोडिएकाले त्यहाँ समस्या आउनेवित्तिकै अन्यत्रका टावरले काम गर्न छोड्छन् ।

रातामाटाको टावरमा समस्या देखा पर्ने बित्तिकै पश्चिमोत्तर रोल्पाका अधिकांश टावरले काम नगर्ने समस्या रहेको परिवर्तन गाउँपालिका–२ वडाध्यक्ष हरिप्रसाद घर्तीले बताए । घण्टौँ डाँडाकाँडा पुगेर फोन गर्ने पुरानो समस्या दोहोरिने स्थानीय सूर्यप्रकाश बुढामगरको गुनासो थियो ।

मुख्य समस्या विद्युत् आपूर्तिमै रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारीले बताए । विद्युत्को तार जलिरहने र टावर सौर्य ऊर्जाबाट सञ्चालन गरिए पनि वर्षात्, कुहिरो र बादल लागेका समयमा ब्याट्रीमा विद्युत् सञ्चित नहुँदा समस्या हुने गरेको बताइन्छ ।

विद्युत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस