२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूध ढुवानी गर्ने सवारी साधनलाई छुट्टै ‘लोगो’

अ+ अ-

मोरङ । कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलब्ध हुने प्रतीक चिह्न (लोगो) सहज हुने सरोकारवालाले बताएका छन् ।

बन्द, हडताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परे पनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् ।

अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी ढुवानी साधनमा प्रयोग गर्न सुरु गरेको छ ।

दूध ढुवानी गर्ने गाडीको छुट्टै पहिचान नभएकाले बिना कारण विभिन्न ठाउँमा रोकावट हुने गरेको र त्यसले गर्दा दूध समयमा नपुग्दा बिग्रिने र क्षति हुने गरेको छ ।

दुग्ध विकास संस्थान एवं दुग्ध उद्योग व्यवसायीलाई सहजरुपमा दूध ढुवानी गर्ने सवारी साधनलाई लोगो लगाउने कार्यबाट किसानलाई आर्थिकरुपमा समृद्धि कायम हुनुका साथै मुलुकमा रोजगारीसमेत वृद्धि हुने सहभागीले धारणा राखेका छन् ।

दूध बोकेका सवारी साधनलाई निर्वाधरुपमा आवतजावतमा सहज होस् भन्ने उद्देश्यले राष्ट्रिय दुग्ध विकास बोर्डले विराटनगर दुग्ध वितरण आयोजना र अन्य दुग्ध उद्योगका २९ वटा दूध ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) टाँस गरिएको छ ।

विकास बोर्ड ललितपुरद्वारा दूध तथा ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक चिह्न (लोगो) को प्रचारप्रसारका लागि प्रदेशस्तरीय सरोकारवाला निकायबीच शुक्रबार आयोजित अन्तर्क्रियामा सहभागीले लोगोको कारणले किसानले बिना अवरोध ल्याएको दूध समयमा पुग्ने र गुणस्तरीय दूध उपभोक्ताले प्राप्त गर्न सहज हुने बताए ।

संस्थानका गाडीमा प्रदेश नं १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा रामनन्दन तिवारी तथा बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले संयुक्तरुपमा लोगो लगाएका थिए ।

सचिव तिवारीले किसानले उत्पादन गरेको दूधलाई संस्थानसम्म पुर्‍याउन लोगोले आवश्यक सहयोग पुग्ने र यस्ता सवारी साधनलाई निर्वाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

बोर्डका अध्यक्ष विदुर राई, डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहाल, बोर्डका निर्देशक डा राजेन्द्रप्रसाद यादव, विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख गणेश यादवलगायतले सरकार दूध उत्पादन गर्ने कृषकका सम्बन्धमा संवेदनशील रहेको र उनीहरुको आर्थिकरुपमा समृद्धि कायम गर्ने कार्य गरिरहेको जानकारी दिए ।

दूध उत्पादन किसानले आफूहरुले उत्पादन गरेको दूधले उचित मूल्य पाउनुपर्नेमा जोड दिएका थिए । संस्थानको काठमाडौँमा सञ्चालित सबै दूध बोक्ने गाडीमा लोगो लगाइसकिएको जानकारी गराइएको थियो ।

नेपाल सरकारले दुग्ध उत्पादन बोक्न सवारी साधनलाई सहज आवतजावतका लागि विसं २०७८ चैत १२ मा लोगो काठमाडौँमा सार्वजनिक गरिएको हो । गोष्ठीमा प्रदेशका एक सय दुग्ध सहकारी एवं किसानको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस