१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी काम गर्छु : पर्यटनमन्त्री आले

अ+ अ-

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्रभावकारी रुपमा योजना तथा कार्यक्रम अघि बढाउने बताएका छन्।

सिंहदरबारमा आज पदबहाली गर्दै मन्त्री आलेले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको सम्पदा र संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा जुट्ने बताए । पर्यटनमन्त्री आलेले नेपाललाई विश्वकै पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्न खरो रुपमा उत्रनुपर्ने खाँचो औँल्याए ।

मन्त्रालयअन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोषलगायतलाई प्रभावकारी बनाइने तथा नेपाल पर्यटन बोर्ड र राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई सुदृढ गरिने उनको भनाइ छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिइनुका साथै आन्तरिक र अन्तरराष्ट्रिय विमानस्थललाई सुदृढ र प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री आलेले विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री आलेले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको यथाशीघ्र सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले धनगढी विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न आवश्यक प्रक्रिया अघि बढाइने पनि जानकारी दिए ।

पर्यटनमन्त्री आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने बताउँदै यसको सेवालाई जनमुखी बनाउन पहल गरिने बताए । आले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नव नियुक्त पर्यटनमन्त्री आले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नेता हुन् । उनी गत निर्वाचनमा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालय र अन्तर्गतका निकायको काम कारबाहीलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्रीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । पदबहालीपछि आयोजित स्वागत कार्यक्रमा मन्त्रालयअन्तर्गतका निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस