भारतबाट १० लाख डोज कोभिशिल्ड खोप भोली नेपाल आउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतबाट १० लाख डोज कोभिशिल्ड खोप भोली नेपाल आउने


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोप आउने निश्चित भएको छ । गत फागुनमा भारतसँग खरिद गरेको १० लाख मात्रा खोप भोलि नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।

सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो । शनिबार २ बजे १० लाख मात्रा खोप आइपुग्ने ढुङ्गानाले बताए । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस