पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना पुष्टि, १० जनाको मृत्‍यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना पुष्टि, १० जनाको मृत्‍यु


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

त्यसैगरी बितेको २४ घण्टामा १ हजार ३३ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ७ लाख ७४ हजार १७३ जना कारोनाका बिरामी संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन् । जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१३ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४१ जना क्वारेन्टिनमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस