एमाले नेता जोशी एकीकृत समाजवादीमा प्रवेश « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एमाले नेता जोशी एकीकृत समाजवादीमा प्रवेश


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

आज (बिहीबार) राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् ।

एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गरेका थिए ।

एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आबद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने, ‘म इमानदारीपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस