२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीको वफादारी कदरयोग्य छ : मुख्यमन्त्री शाही

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा नेपाल प्रहरीको वफादारी कदरयोग्य रहेको बताएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज यहाँ आयोजित ६६औँ प्रहरी दिवस उद्घाटन समारोहमा उनले समाजको सामीप्यमा रहेर नागरिक सुरक्षार्थ अहोरात्र खट्ने नेपाल प्रहरीको योगदान सम्मानयोग्य भएको बताए । ‘नागरिकको शान्ति र सुरक्षामा नेपाल प्रहरीले आफ्नो कर्तव्य पूरा गर्दै आएको छ’, उनले भने, ‘सङ्गठनलाई आधुनिक प्रविधिसँग समाहित गरेर लैजाँदा यसको गतिशीलता र प्रभावकारिता बढ्दै जान्छ ।’

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जनताको रक्षकका रूपमा प्रहरीले काम गर्दै आएको बताइन् । बदलिएको समयसँगै प्रहरी सङ्गठनले आफ्नो काम कारबाहीलाई सशक्त बनाउँदै लैजानुपर्ने सुझाएका मन्त्री नेपालीले पछिल्लो समयमा बढ्दै गएका सामाजिक अपराधका घटनाको अध्ययन अनुसन्धानको दायरा बढाउनुपर्नेमा जोड दिइन्।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले लामो इतिहास पार गरेको प्रहरी सङ्गठनको भूमिका अपेक्षाकृत नै रहेको जनाउँदै सेवालाई प्रविधिमैत्री बनाउनेतर्फ जोड दिन सुझाए । ‘हिजोभन्दा आजभोलि समाजमा अपराधका घटना बढेको देखिन्छ’, प्रमुख सुवेदीले भने, ‘यसको गहिरो अनुसन्धानका लागि जनशक्ति उत्पादन तथा परिचालन गर्न सकेमात्र सामाजिक अपराध न्यूनीकरण हुनसक्छ ।’

दिवसमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज) को वार्षिक मुखपत्र ‘गुरुकूल’ चौथो संस्करणको लोकार्पण गर्नुका साथै कर्तव्यको सिलसिलामा अमरत्व प्राप्त गरेका परिवारलाई सम्मान र उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस