दशैंमा घर जाने सैनिक र परिवारका सदस्यका लागि बस र हवाइ सेवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दशैंमा घर जाने सैनिक र परिवारका सदस्यका लागि बस र हवाइ सेवा


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । नेपाली सेनाले दशैँ विदामा घर जाने सैनिक र परिवारलाई घर घर पुराउन थालेको छ। दशैंमा सवारी चाप हुने भएकाले जङ्गी अड्डाले दशैँमा घर जाने सैनीक र परिवारलाई निशुल्क गाडी र हवाइ सेवाको व्यवस्था गरेको हो ।

असोज १८ गतेदेखि असोज ३० गतेसम्‍म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्‍याउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

नजिकका स्थानमा बसको सुविधा गरिएको छ भने हिमाली, पहाडी र लामो दूरीमा हेलिकोप्टरको व्यवस्था गरिएको छ।

हालसम्म सवारीसाधनबाट ५२० जना सैनिक र उनीहरुको परिवार घर पुगिसकेका छन्। हवाई उडानमार्फत ८६ जनालाई पुयाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस