भारतको राजधानी दिल्लीमा आकाशे पुलमुनि अड्कियो जहाज ,भिडिओ बन्यो भाइरल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतको राजधानी दिल्लीमा आकाशे पुलमुनि अड्कियो जहाज ,भिडिओ बन्यो भाइरल


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक आकाशे पुलमुनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमुनि अड्किएको देखेपछि धेरै मानिसले चासो देखाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार जहाज अड्किएको भिडिओ पत्रकार अशोक राजले केही दिनअघि आफ्नो ट्विटरमा राखेका थिए ।

उक्त भिडिओ इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सडकको भएको बताइएको छ। जहाजको आधा भाग पुलभन्दा अगाडि गएको छ भने पखेटा हुने ठाउँनिर पुलमुनि अड्किएको छ। जहाजमा पखेटा भने छैनन्। रातिको समयमा लिइएको भिडिओमा सडकमा गाडीहरू गुडिरहेको देखिन्छ।

भिडिओ सार्वजनिक भएर भाइरल बनेपछि एयर इन्डियाले उक्त जहाज आफूहरूले बेचिसकेको बताएको पत्रकार राजले जनाएका छन्।

‘उक्त जहाज कवाडीमा बेचिएको हो। किन्ने मान्छेले राति त्यसलाई लिएर गएका हुन्। जहाजलाई के भयो भन्नेबारे एयर इन्डियाको कुनै सम्बन्ध छैन,’ एयर इन्डियाको विज्ञप्तिमा भनिएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले भने उक्त जहाज लिनेले पहिला नै कसरी लैजाने भन्ने योजना बनाउनु पर्ने बताएका छन्। कतिपयले यसलाई मजाकको विषय पनि बनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस