२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पपछिको पुनः निर्माणका बाँकी काम समन्वयमा गरिने

अ+ अ-

काठमाडौँ । भूकम्पपछिको पुनः निर्माणका बाँकी कामलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबिच समन्वय हुनुपर्नेमा जोड दिइएको छ ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनः निर्माण प्राधिकरण र पुनःनिर्माणसम्बन्धी काम हस्तान्तरण भएका मन्त्रालय एवं निकायबिच तोकिएको काम समयमै सम्पन्न गर्नेबारे छलफल भएको हो ।

समितिका सभापति कल्याणीकुमारी खड्काले बाँकी पुनः निर्माणका काम अगाडि बढाउने क्रममा समन्वयको समस्या नआओस् भनी सबै निकायबिच संयुक्त छलफलको आयोजना गरिएको बताइन् । उनले समयमै काम सम्पन्न गर्न पर्याप्त स्रोत र जनशक्ति परिचालन गर्न मन्त्रालयलाई निर्देशन दिइन्।

सांसद गणेशकुमार पहाडीले विगतमा शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट सम्पन्न हुन बाँकी रहेका कतिपय काम अझै पनि सम्पन्न हुन नसकेका दृष्टान्त राख्दै पुनः निर्माणका बाँकी काम त्यस्तो हुन नदिन मन्त्रालयको ध्यानाकर्षण गराए ।

यस्तै सांसद केदार सिग्देलले कुनै निश्चित कार्यभार तोकिएको समयमा पूरा गरेर हस्तान्तरण गर्नु सकारात्मक भएको उल्लेख गर्दै नेपालीले पनि थोरै स्रोतमा धेरै काम गर्न सक्छन् भन्ने सन्देश गएको बताए । सांसद आशाकुमारी विकले मन्त्रालयले प्राविधिक करारमा राख्दा पुनः निर्माणमा संलग्न भएर उत्कृष्ट कार्य गरेकालाई प्राथमिकता दिन सुझाव दिइन् ।

सांसद यज्ञराज सुनुवारले रहरलाग्दा भौतिक संरचना बनेको उल्लेख गर्दै गुम्बा पुनः निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । सांसद गजेन्द्रबहादुर महतले स्थानीय तहमा हस्तान्तरणको प्रक्रियाबारे प्रस्ट हुनुपर्ने बताए। सांसद राजेन्द्रकुमार राईले हस्तान्तरण भएर आएका कामको उत्कृष्ट पुनः निर्माण गरेर स्याबासी प्राप्त गर्ने अवसर मन्त्रालयलाई आएको बताए । अन्तर मन्त्रालय तथा निकायबिच चुस्त समन्वय हुनुपर्नेमा सांसद विनाकुमारी श्रेष्ठले जोड दिइन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गत भदौ ९ गतेको निर्देशक समितिले निर्देशित गरेअनुसार पुनः निर्माणलाई अगाडि बढाउनुपर्ने बताए । हस्तान्तरणका क्रममा सङ्गठनात्मक संरचना, जनशक्ति एवं आवश्यक बजेटको प्रस्ट व्यवस्था गरिएको उनको भनाइ थियो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले यसबीचमा पुनः निर्माण प्राधिकरणसँग निकट समन्वयमा काम हुँदै आएको जानकारी दिँदै त्यसबाट पुनः निर्माण प्राधिकरणको कार्यकालपछि हस्तान्तरण भएर आउने काम सञ्चालन गर्ने आधार बनेको बताए ।

छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेयकमार्फत पुनः निर्माणको बजेट रु चार अर्बले बढाइएको जानकारी दिँदै विगत वर्षजस्तै पुनः निर्माणका बाँकी कामलाई पनि प्राथमिकता दिइएको बताए ।

शिक्षा सचिव रामप्रसाद थपलिया, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला, सहरी विकास सचिव डा रमेशप्रसाद सिंहले हस्तान्तरण भएर आएका काम प्राधिकरण सहितका निकायसँगको समन्वयमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक रामशरण सापकोटा, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम, स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठा, सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीले हस्तान्तरण भएर आएका कामको विवरण, तिनलाई कार्यान्वयन गर्ने योजना, बजेट तथा जनशक्ति व्यवस्थापन लगायतका विषयबारे जानकारी दिँदै पुनः निर्माणका कामलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाए।

छलफलमा पुनः निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारी, विभिन्न मन्त्रालयका सहसचिव लगायतका अधिकारीले समयमै पुनः निर्माणका काम सम्पन्न हुने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस