सुदूरपश्चिम : कोरोना सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिम : कोरोना सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर


१८ आश्विन २०७८, सोमबार


बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण हुनेभन्दा सङ्क्रमणमुक्त हुने दोब्बर रहेका छन् ।

गएको २४ घण्टामा प्रदेशभर १५ जनामा सङ्क्रमण पुष्टि हुँदा २९ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार ५७० जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पाँच जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो ।

पीसीआर विधिमार्फत महाकाली अस्पतालमा तीन र डडेलधुरा अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा छ, कैलाली र बैतडीका दुई/दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराका ७० वर्षीय पुरुष रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस