आजको मौसम : केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आजको मौसम : केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (सोमबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ बाहेक अन्य प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

‘पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ,’ वरिष्ठ मौसमविद् निराजन सापकोटा भन्छन्, ‘कर्णाली र सुदूरपश्चिममा धेरै मौसममा धेरै खुलीसकेको छ ।’ उनका अनुसार काठमाडौँमा मौसम गए रातिदेखि नै गुम्म भए पनि ठुलो वर्षाको भने सम्भावना छैन । दिउँसो पानी परे पनि हल्का वर्षा मात्रै हुने उनको भनाइ छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सापकोटाको भनाइ छ । मौसम बिस्तारै खुल्दै गएकाले अबको केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको तर दिन भने अहिले नै तोक्न नसकिने उनी बताउँछन् ।

वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन हुन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस