काठमाडौँ । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।