२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इपिएल–विराटनगरको जीत

अ+ अ-

काठमाडौँ । विराटनगर वारियर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो अन्तिम खेलमा पहिलो जीत दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौँ किङ्स–११ लाई ७ रनले पराजित गर्दै इपिएलमा सान्त्वना जीत दर्ता गराएको हो ।

विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रनको योगफल बनायो ।

काठमाडौँका रहमानुल्हा गुर्बाजले सर्वाधिक २८ रन बनाए भने सुवास खकुरेलले २६, राजु रिजालले २४ र रायन बुर्लले १५ रन बनाए । बलिङतर्फ विराटनगरका रायन पठानले दुई र प्रतिश जिसीले एक विकेट लिए ।

वर्षाका कारण आठ ओभरमा छोट्याइएको खेलमा काठमाडौँविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १०५ रनको लक्ष्य दिएको थियो । विराटनगरको जीतमा अनिल साहले १६ बलमा अविजित रहँदै सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै रायन पठानले ३० रन जोडे भने कप्तान करण केसीले १५ रनको योगदान गरे । सौरभ खनाल ५ रनमा अविजित रहँदा, सिकन्दर राजा ४, आशिफ शेख २ र दिलशान मुनाविरा १ रनमा आउट भए ।

बलिङतर्फ काठमाडौँका कप्तान सन्दीप लामिछाने, गुल्सन झा र रायन बर्लले एक एक विकेट लिए । विराटनगरले ५ खेलमा २ अङ्क जोड्यो । अघिल्लो चार खेल गुमाएको विराटनगर अङ्क तालिकाको पुछारमा रह्यो । काठमाडौँ ३ खेलमा २ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस