२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँ : डा. महत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा काँग्रेसले एकल बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर अधिवेशनको हिजो (शनिबार) उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा बहुमत ल्याएर पार्टीको एकल सरकार बनाउने प्रतिबद्धताका साथ आम नागरिकको सेवामा लाग्नुपर्ने बताएका हुन् ।

सहमहामन्त्री डा. महतले काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बने पनि काँग्रेसले चाहेजस्तो काम गर्न नसकेको स्पष्ट पारे । अघिल्लो निर्वाचनमा अधिक मत पाएको राजनीतिक दल सरकार सञ्चालन गर्न असक्षम भएकाले संविधान अनुरूप नयाँ सरकार गठन गर्ने अवस्था सिर्जना भएको उनको भनाई थियो ।

उनले काँग्रेस नेतृत्वको वर्तमान सरकारले संविधान अनुरूप राज्य सञ्चालन गर्ने, देशमा कानुनी शासन कायम गर्ने, लोकतन्त्र र संविधानको रक्षा गर्ने, आम नागरिकलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको भयबाट मुक्ति दिनेलगायत विषयमा काम गरिरहेको उल्लेख गरे ।

क्रियाशील सदस्य नै काँग्रेसको जग भएकाले निरन्तर सक्रिय रहन कार्यकर्तालाई उनले आग्रह गरे । पार्टीको विचार जनतासमक्ष लैजाने जिम्मेवारी क्रियाशील सदस्यको काँधमा रहेको उनको भनाइ थियो ।

उनले सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण र अन्तरिम संविधान हुँदै संविधानसभाबाट संविधान जारी गर्ने कार्य काँग्रेसको नेतृत्वमा सम्पन्न भएको बताए । पार्टी र संस्थालाई केन्द्रमा राखेर काँग्रेस अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस