२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गर्‍यौँ : महासचिव भुसाल

अ+ अ-

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले नेकपा (एमाले)मा हुर्कीएको व्यक्तिवादी चरित्रलाई पछार्न नसकेपछि विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेको बताएका छन् । आज नेकपा (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला कार्यालयको उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पार्टीमा विद्रोह गर्नुपरेको स्पष्टिकरण दिए ।

एमाले विचारको सम्मान गर्न नसकेको तथा अल्पमतको सम्मान गर्न नसकेको आरोप लगाउँदै उहाँले समाजवादी क्रान्तिको युग सुरु भएको दाबी गरे । आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई नछाडेको दाबी गर्दै उनले जवज हुबहु आत्मासात गर्नुपर्ने आवश्यकता नभएकाले यसको मुलभूत अवधारणालाई मात्रै आत्मासात गरेर जाने बताए ।

नेकपा समाजवादीको समाजवादको दृष्टिकोण फरक रहेको भन्दै उनले श्रमजीवी जनताको पक्षमा जनतालाई सर्वोपरि राख्दै समाजवादको यात्रामा अगाडि बढेको उनको भनाइ छ । नेताको होइन, नीतिको पक्षमा लाग्न कार्यकर्तालाई आह्वान गर्दै महासचिव भुसालले भने, ‘हाम्रो पार्टीले जिउँदो नेताको तस्वीरमा माला लगाउँदैन, मञ्चमा बसेर खादा र माला ओढ्दैन, नेता होइन, नीति मान्छ, व्यक्ति होइन, विचार मान्छ ।’

नेमकिपाले विचारलाई व्यक्तिवादी बनाउँदा भक्तपुरको एउटा नगरपालिकामा सीमित भएको भन्दै उनले अब आफ्नो पार्टी नीतिमा युवाको नेतृत्वमा अगाडि बढ्ने बताए । कार्यक्रममा एकीकृत समाजवादी भक्तपुरका अध्यक्ष श्यामसुन्दर बस्नेतले भक्तपुरबाट समाजवादीको यात्रा सुरु भएको बताउँदै तिहार अगाडिसम्ममा भक्तपुरका ३८ वडा, चार नगरपालिकामा सङ्गठनलाई विस्तार गर्ने र सबै भातृ सङ्गठनलाई पूर्णता दिने बताए ।

प्रतिक्रिया दिनुहोस