रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु


१५ आश्विन २०७८, शुक्रबार


रोमानिया । रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् ।

अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, ‘आज बिहान कोभिड–१९ सम्बन्धित ११३ विरामीले अस्पतालमा सेवा लिइरहेको समय भएको आगलागीमा परी केही व्यक्तिको मृत्यु भएको छ । विरामीमध्ये गम्भीर १० जनालाई आईसीयूमा राखिएको छ ।’

आगलागीको सम्भाव्य कारणबारे कुरा गर्दा अन्तरिम स्वास्थ्य मन्त्री आटिला सेकेले भने, ‘कारणहरू धेरै हुन सक्छन् । यो आधारभूत संरचना, उपकरणहरूको ओभरलोडसित सम्बन्धित हुन सक्छ र यो असावधानी वा मानवीय कमजोरीसँग पनि सम्बन्धित हुन सक्छ ।’ नोभेम्बर २०२० देखि रोमानियाको अस्पतालमा भएको तेस्रो घातक आगलागी हो ।

Tags :
प्रतिक्रिया दिनुहोस