पछिल्लो २४ घण्टामा थप १०६६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्‍यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप १०६६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्‍यु


१५ आश्विन २०७८, शुक्रबार


काठमाडोँ। पछिल्लो २४ घण्टामा देशभर थप १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ ।

त्यसैगरी बितेको २४ घण्टामा ९३८ जना निको भएका छन् । योसहित नेपालमा हालसम्म ७ लाख ६६ हजार ६९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन् । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४२ जना क्वारेन्टीमा रहेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस