२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकलाई प्रदान गरेको सुविधा प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीको आह्वान

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गरेको सेवा र सुविधा प्रभावकारी कार्यान्वयन गर्न आह्वान गरेकी छन्।

आज (शुक्रबार) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना दिँदै ज्येष्ठ नागरिक स्वास्थ्य बिमा‚सामाजिक सुरक्षा भत्तालगायत विभिन्न सेवा र सुविधाहरूको व्यवस्था गरेकाले प्रभावकारी र सम्मानपूर्ण कार्यान्वयन गर्न आह्वान गरेकी हुन्।

भण्डारीले ज्येष्ठ नागरिकबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्ने धारणा राखेकी छन्। जारी शुभकामना सन्देशमा भनिएको छ, ‘ज्येष्ठ नागरिकहरू आफ्नो जीवनकालभरिका अनेकन उतार–चढाव‚सफलता–असफलता र सङ्घर्षपूर्ण भोगाइबाट आर्जन गरिएका ज्ञान, सिप र अनुभवका पुञ्ज हुनुहुन्छ। उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्दछ। ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवार‚ समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ।’

भण्डारीले ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन आह्वान गरेकी छन्, उनले भनेकी छन्,‘माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी बाजे–बज्यैदेखि नाति–नातिनासम्म सगोल परिवारमा रहने हाम्रो पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गर्दछु।’

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दै गएको शुभकामना सन्देशमा उल्लेख छ।

उनले कोरोना महामारीविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दा नेपाल सरकारले ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेको बताएकी छन्।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् सन् १९९१ देखि आजको दिन नेपालले पनि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस