हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह


१४ आश्विन २०७८, बिहिबार


नयाँ दिल्ली । अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बिचमा भई आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।

तालिबान सरकारका एक जना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् ।

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगस्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो ।

तालिबानहरुले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरु देशहरुले पनि यसरी हवाई उडानहरु रोकेका थिए । तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ ।

भारतजस्तै अरु कतिपय देशहरुले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस