अखिल क्रान्तिकारीको २२ औँ सम्मेलन आजदेखि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अखिल क्रान्तिकारीको २२ औँ सम्मेलन आजदेखि


१४ आश्विन २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन, अनेरास्ववियू (क्रान्तिकारी) को २२ औँ सम्मेलन आज (बिहीबार) बाट सुरु हुने भएको छ।

नेपाल प्रज्ञा भवन कमलादीमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ।

सम्मेलन असोज १६ गतेसम्म चल्नेछ। अहिले अखिल क्रान्तिकारीको अध्यक्ष रञ्जित तामाङ छन्। अब उनी पुन: यो पदमा नदोहोरिने भएका छन्।

सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ। अहिलेका उपाध्यक्ष सुरेन्द्र बस्नेत सहित ६ जना आगामी नेतृत्वका लागि आकाङ्क्षी छन्।

पञ्चा सिंह, दिपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी र विजय गौतम अध्यक्षका लागि आकाङ्क्षी छन्।

सकेसम्म सहमति नभए चुनावमार्फत नेतृत्व चयन गर्ने तयारी अखिल क्रान्तिकारीको छ।

Tags :
प्रतिक्रिया दिनुहोस