क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

क्षेप्यास्त्र परीक्षण सफल भएको उत्तर कोरियाको दाबी


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । उत्तर कोरियाले हिजो (मंगलबार) बिहान गरेको क्षेप्यास्त्र परीक्षण सफल भएको दाबी गरेको छ ।

उसले मंगलबार बिहान पूर्वी तटीय सामुन्द्रिक क्षेत्रमा क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्र अत्याधुनिक र आवाज भन्दा तीव्र गतिमा उडन सक्ने क्षमता रहेको उत्तर कोरियाले दाबी गरेको छ ।

उत्तर कोरियाले भनेको छ,‘ हामीले हाससङ–८ नामको उच्च प्रविधियुक्त क्षेप्यास्त्र परीक्षण गर्यौँ। जुन सफल भयो ।’ उत्तर कोरियाले उक्त हतियार पाँच बर्षे सैन्य योजना अन्तर्गत विकाश गरिएको दाबी गरेको छ ।

हाससङ–८ नयाँ प्रविधियुक्त हतियार प्रणाली भएको उत्तर कोरियाली सञ्चार माध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खबर छापेका छन् । उत्तर कोरियाले पछिल्लो पटक गरेको क्षेप्यास्त्र प्रहारप्रति अन्तर्राष्ट्रिय समुदायले कडा आलोचना गरेका छन् ।

केही दिन अघि संयुक्त राष्ट्रसङ्घको ७६औ महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली राजदूतले प्रतिरक्षा प्रणाली विकाश गर्नका लागि क्षेप्यास्त्र परीक्षण गर्न कसैले रोक्न नसक्ने बताएका थिए ।

उनले प्रतिरक्षा प्रणाली विकाश गर्नका लागि नयाँ हतियारको परीक्षण गरिएको बताए । लगत्तै उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । दक्षिण कोरियाले वार्ताका लागि आग्रह गरिरहेका बेला उत्तर कोरियाले एकतर्फी रुपमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

उत्तर कोरियाले आफ्ना सर्तहरु माने वार्तामा बस्न सकिने जवाफ दक्षिण कोरियालाई पठाएको थियो । तर पछिल्लो क्षेप्यास्त्र प्रहार पछि कोरियाली प्रायद्धिप पुनः अशान्त बन्ने खतरा बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस