२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आम नागरिकलाई राहत दिन गृहमन्त्री खाँणको निर्देशन

अ+ अ-

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाँणले दसैँ, तिहार र छठलगायत विभिन्न चाडपर्वलाई लक्षित गरिएको विशेष सुरक्षा योजना आम नागरिकलाई राहतको अनुभूति हुने गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

चाडपर्व लक्षित उपत्यकाको शान्ति सुरक्षा व्यवस्था र बजार अनुगमनका सम्बन्धमा सरोकारवाला निकायका प्रमुखसँग गृह मन्त्रालयमा हिजो (मङ्गलबार) भएको छलफलमा उनले सुरक्षा योजना लागू गरेसँगै यसको कार्यान्वयन पक्षमा जोड दिए ।

‘अहिलेको सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि शान्ति सुरक्षा तथा बजार व्यवस्थापन सहज हुनुपर्छ । उपभोक्ताले महँगो मूल्यमा र म्याद गुज्रेको वस्तु किन्नुपर्ने अवस्था आउन दिनुहुँदैन’, उनले भने, ‘नागरिकलाई अनुभूति हुने किसिमले सुरक्षा व्यवस्थापन गर्नुहोस् ।’

मन्त्री खाँणले चाडपर्व लक्षित सुरक्षा योजना राम्रो र आकर्षक भए पनि त्यसको सफल कार्यान्वयनसँगै परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै जसरी हुन्छ उपलब्ध स्रोत र साधन उपयोग गरी विगतका वर्षभन्दा यो वर्ष उत्कृष्ट हुनुपर्छ भने ।

उनले प्रहरी र निजामती कर्मचारीले अभियानका रूपमा चलाएको मुस्कानसहितको सेवा व्यवहारमा देखा नपरेको गुनासो पनि गरे । उनले राज्यले प्रदान गर्ने सेवा नागरिकको हितका लागि भएको र नागरिक राज्यका लागि भएको कुरा सबैले मनन गर्नुपर्छ भने ।

गृहमन्त्री खाँणले भारी वर्षाका कारण अवरुद्ध सडक बाटो, पहिरो, खाल्डाखुल्डी मर्मत सम्भारका कार्य आफ्नो क्षेत्राधिकारभित्र पर्दैन भनेर चुप लागेर नबस्न आग्रह गर्दै पहिरो हटाउनेदेखि सडकको खाल्डा पुर्ने कसको क्षेत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन सम्बद्ध अधिकारीलाई निर्देशन दिए ।

गृह सचिव टेकनारायण पाण्डेले आम नागरिकलाई मेरो साथमा राज्य वा सरकार छ भन्ने कुराको अनुभूति दिलाउन सके मात्र विशेष सुरक्षा योजना लागू गरेको सार्थकता मिल्ने बताउँदै सरकारको सफलता प्रभावकारी सेवासँग सम्बद्ध हुने भएकाले त्यस विषयमा ध्यान दिएर काम गर्न निर्देशन दिए ।

उनले चाडपर्वका बेलामा हुने कालोबजारी, महँगी, ठगी, म्याद गुज्रेका खाद्य सामग्रीको बिक्री वितरण, चोरी डकैतीजन्य अपराध, दुर्घटना, चन्दा असुली र गुण्डागर्दीलगायत सामाजिक विकृति नियन्त्रण गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई गम्भीर बन्न निर्देशन दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अशोक सिंह, ललितपुर प्रहरी प्रमुख एसएसपी किरण वज्राचार्य र भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठले चाडपर्व लक्षित सुरक्षा योजनाबारे जानकारी दिएका थिए ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) जनकराज भट्टराईले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना नियन्त्रणका लागि सञ्चालित ट्राफिक सुरक्षा कार्ययोजना प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस