२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

अ+ अ-

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारेको छ ।

गाउँपालिका कार्यालयविरुद्धमा परेका विभिन्न उजुरीको आधारमा अख्तियारले कार्यालयमा छापामारी गरी अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले ब्यापक भ्रष्टाचार गरेको समाचारहरु बिभिन्न सञ्चार माध्यममा प्रकाशन भएको तथा गाउँपालिका बिरुद्ध लिखित उजुरी परेपछि अख्तियारको टोली छानविन गर्न गाउँपालिका कार्यालयमै पुगेको हो ।

जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिनुको साथै विभिन्न वडामा सञ्चालन भएका कामहरुको स्थलगत अवलोकन समेत गरेको आयोगले जनाएको छ ।

टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुको साथै तीन दिनको अवधीमा कार्यालयबाट संचालन भएको योजनाहरुको फाइलहरुको समेतको अध्यन गरेको बताइएको छ । सो क्रममा अख्तियारको टोलीले गाउँपालिकामा कार्यालयको कर्मचारी तथा जनप्रतिनिधिहरुको मिलोमतोमा बिभिन्न योजनाहरुमा चरम भ्रष्टाचार भएको प्रमाणहरु फेला पारेको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उप–सचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले कालिकामाई गाउँपालिले संचालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान कार्याक्रम, धारा जडान कार्यक्रम, आइसुलेशन, नदी सफाई तथा सडक ढलान आदीको बिषयमा धेरै उजुरी परेको तथा आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले समयमा नपठाई दिएको एवम् ताकेता गर्दा समेत सम्पर्कमा नआएपछि विज्ञ सहितको टोली छानविनको लागि गाउँपालिकाको कार्यालयमै पुगेको बताए ।

उनले केही योजनाहरुको कागजात टोली कार्यालयबाट संकलन गरेको वताउँदै उजुरीहरु उपर अनुसन्धान भइरहेको बताउँदै दोषी देखिएको खण्डमा भ्रष्टचारमा संलग्न कर्मचारी तथा जनप्रतिनिधिहरु उपर कानुनी कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस