२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङका दुई पालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

अ+ अ-

लमजुङ । यहाँका दुई स्थानीय तहले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय परिवेशलाई समावेश गर्दै मर्स्याङ्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाले १ देखि ५ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका हुन् ।

स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोतसाधन तथा स्थानीय परिवेश अनुकूल र विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिको चिनारीका विषयलाई जोड दिइएको नगरप्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए ।

उनले भने,’पाठ्यक्रममा पालिकाभित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वन जङ्गल, जडीबुटी, कृषि, अन्य विविधता समेटिएको छ ।’ स्थानीय पाठ्यक्रम निर्माणका लागि नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित शिक्षा शाखाका प्रमुख र दुई स्थानीय शिक्षकसहित पाँच सदस्यीय समिति गठन भएको थियो ।

पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति सङ्गठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको र सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको नगरप्रमुख पाण्डेको भनाइ छ । सरोकारवालाको सुझावका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनका विषयलाई मुख्य प्राथमिकता दिएको छ ।

स्थानीय स्रोतसाधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवर्द्धन, सामाजिक, राजनीतिक क्षेत्रमा योगदान दिएका व्यक्तिका चिनारीका विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र जिल्लाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा सहयोग पुग्ने बताइएको छ ।

मर्स्याङ्दी गाउँपालिका शिक्षा शाखा प्रमुख देवराज पौडेलले भने, ‘लागू गरिएको स्थानीय पाठ्यक्रममा गाउँपालिकाको रहनसहन, वेशभूषा, ऐतिहासिक, पर्यटकीय स्थल, संस्कृति, विशिष्ट व्यक्तित्वको चिनारी समावेश गरिएको छ । यहाँका विद्यार्थीलाई भूगोल, संस्कार, संस्कृति, रीतिरिवाजलगायत सम्बन्धी थाहा हुने भएकाले यस पाठ्यक्रम महत्त्वपूर्ण हुने उनको भनाइ छ ।’ पालिकाभित्र ५५ विद्यालय छन् ।

मध्यनेपालका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईका अनुसार आफ्ना पालिकाभित्र ५० विद्यालय रहेको र कक्षा १ देखि ५ सम्म तीन हजार ५०० जनाका हाराहारीमा विद्यार्थी छन् । संविधानले आफ्नो मातृभाषामा शिक्षा प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।

यसैगरी राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा पनि कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान छ । यहाँ आठ स्थानीय तह रहेको मध्य दुई पालिकाले मात्र स्थानीय पाठ्यक्रम लागू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस