काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं संविधानसभाका सदस्य अमृत लाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
हालै झापाको बिर्तामोड ४ बाट नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका राजवंशी एमाले प्रवेश गरेका हुन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाइदिएर एमालेमा स्वागत गरे ।
राजवंशीलाई नेपाली काँग्रेसले समानुपातिक कोटाबाट पहिलो संविधानसभाको सदस्य बनाएको थियो । दोस्रो संविधानसभामा पनि उनी सदस्य थिए ।
संसद् सचिवालयको विवरण अनुसार झापा अनारमनीका राजवंशीले तीन वर्ष भूमिगत जीवन बिताएका थिए ।