२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नापी कार्यालयको बेथितिः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा

अ+ अ-

जलेश्वर । जग्गाको कित्ताकाटका लागि विनित चौधरीले विगत २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन् ।
जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नै नगराई उनी रित्तै फर्किएका हुन् । ‘सबै कागजात ठिक्क थियो । फाँटवालाले सिफारिस जग्गा किताकाट नगरिदिँदा रित्तै फर्किनुपर्यो’, उनले भने, ‘हामीजस्ता सर्वसाधारणलाई जताबाट पनि मर्का नै छन् ।’ आफूलाई त्यहाँका कर्मचारीले पटक–पटक समय दिएर टार्ने गरेको र आजसम्म पनि आफ्नो काम नगरिदिएको उनको गुनासो छ ।

त्यस्तै कित्ताकाटकै लागि कार्यालयमा २५ दिनसम्म धाउँदै आएका जलेश्वर नगरपालिका–२ का अनिलकुमार साहले पनि त्यस कार्यालयका कर्मचारीले विभिन्न बहाना बनाउँदै काम नगरिदिएको गुनासो गरे । जिल्लाकै सोनमा गाउँपालिकाको खैरबन्नीबाट विगत एक महिनादेखि कार्यालय धाउँदै आएका एक ६२ वर्षीय वृद्धको पनि जग्गा लालपूर्जा सम्बन्धी काम हुन सकेको छैन् । करिब ४५ किलोमिटर टाढाबाट जग्गा लालपूर्जा सम्बन्धी काम लिएर सदरमुकाम जलेश्वर आएका ती वृद्धले विगत एक महिनादेखि काम लिएर कार्यालय धाउँदा पनि कर्मचारी काम नगरिदिएको बताए।

यी त केही उदाहरण मात्र हुन् । नापी कार्यालयमा काम लिएर आउने अधिकांश सर्वसाधारणको समयमा काम हुन नसकेको गुनासो बढ्दै गएको छ । यहाँका कर्मचारीले विभिन्न वहानामा समयमै काम नगरिदिएर दुःख दिने गरेको का लागि आउने जो कोहीलाई पनि यहाँका कर्मचारीले दुःख दिने गरेको आरोप सेवाग्राहीको छ ।

कोरोनाको नाउँमा कार्यालयको सबै ढोका बन्द गरेर झ्यालबाट मात्रै काम गर्ने गरेको छ । यहाँका कर्मचारी मनपरी ढङ्गले आफूले चाहेको व्यक्तिको मात्रै काम गर्ने र नचाहेको व्यक्तिलाई सधैँ आजभोलि भन्दै फर्काउने गरेको उनीहरुको आरोप छ । लेखनदासमार्फत काम गराउन आउने सेवाग्राहीको काम छिट्टो गरिदिने र आफै काम गराउन आउने सर्वसाधारणलाई विभिन्न बहाना बनाएर फर्काउने गरेको आरोप सेवाग्राहीको छ ।

कार्यालयभित्र देखिएको कमिसन र आर्थिक चलखेलका कारण मर्कामा पर्ने गरेको गुनासो सेवाग्राहीको छ । कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेको हुन सक्ने कार्यालयका सूचना अधिकारी ज्ञानकुमार यादवले बताए । दरबन्दी अनुसारको कर्मचारी नहुँदा सिंहदरबारको अधिकार जनताको घरमा भन्ने भनाइप्रति सेवाग्राहीको विश्वास कम हुँदै गएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस