२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले ल्यायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरीले दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना ल्याएको छ। २७ बुँदे सुरक्षा योजना जिल्लाका मातहत प्रहरी इकाईलाई सर्कुलरसमेत गरिएको छ।

सामान्य अवस्थाभन्दा सशक्त र प्रभावकारी ढङ्गले शान्ति सुरक्षा कायम राख्न विशेष सुरक्षा योजना ल्याएको प्रहरीले जनाएको छ। चाडबाडलाई लक्षित गरी मेची राजमार्ग र भारतीय सीमा क्षेत्रमा १५ तथा भित्री सडकमा २६ चेक पोइन्ट व्यवस्था गरिएको छ।

दिनहुँ ४१ गस्ती, ३९ क्विक रेस्पोन्स टिम, १० मोबाइल सवारी गस्ती, ग्रामीण गस्ती र पिकेटिङको योजना बनाइएको जिल्ला प्रहरीका इन्स्पेक्टर किशोर तामाङले जानकारी दिए। ‘यो योजनाअनुसार राजमार्गमा गुड्ने सबै खाले सवारी साधनको कागजात, यान्त्रिक अवस्था, यात्रु सङ्ख्या, भाडा दर, ओभर लोड, गाडीको गतिलगायतको विशेष निगरानी गरिनेछ,’ उनले भने, ‘मानिसको भिडभाड हुने मुख्य बजार क्षेत्र, बैङ्क, वित्तीय संस्था, सरकारी कार्यालय, सुनचाँदी पसल र संवेदनशील स्थानमा चौबीसै घण्टा सिसी क्यामेरामार्फत निगरानी गरिनेछ।’

शङ्कास्पद व्यक्ति भेटिए उसलाई सोधपुछ, खानतलासी र आवश्यक देखिए पक्राउसमेत गरिने प्रहरीले जनाएको छ। विशेष सुरक्षा योजना कार्यान्वयनका लागि जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा कमान्ड सेन्टर निर्माण गरिएको छ।

‘सुरक्षा योजनाबारे मातहत इकाईलाई विशेष निर्देशन भइसकेको छ,’ तामाङले भने, ‘परिचालित ड्युटी अनुगमन गर्न सिनियर प्रहरी अधिकृतहरूसमेत खटाइएको छ।’

प्रतिक्रिया दिनुहोस