पर्यटन प्रवर्द्धनका लागि साइकल यात्रीको टोली दमौलीमा « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

पर्यटन प्रवर्द्धनका लागि साइकल यात्रीको टोली दमौलीमा


७ आश्विन २०७८, बिहिबार


दमौली । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउन सुरु गरिएको साइकल यात्राको टोली दमौली आइपुगेको छ । विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा साइकल यात्रीको टोली दमौली आइपुगेको हो ।

इलामको अन्तुदेखि सुरु भएको साइकल यात्रीको टोली मुगुको रारासम्म पुग्नेछ । यो यात्राले पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको शाहले बताए । टोलीमा दमौलीका युवा विनोद सापकोटा पनि सहभागी छन् । कोरोनाले थलिएको पर्यटन क्षेत्रको प्रचारप्रसारमा आफूहरु लागेको उनले बताए ।

साइकल यात्रीको टोली २८ जिल्ला हुँदै चार सातामा रारा पुग्नेछ । यात्रामा साइकल यात्रा गरिसकेका र नयाँ गरी ५० जनाको टोली छ । साइकल यात्राले एक हजार ८०० किलोमिटर दूरी पार गर्नेछ ।

‘सम्बन्ध जोडौँ देश घुमौँ’ भन्ने नारासहित हिँडेको टोलीलाई व्यास नगरपालिकाले स्वागत गरेको छ । साइकल यात्रीलाई स्वागत गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यास भूमिको प्रचारका लागि साइकलयात्रीले सहयोग गर्नुपर्ने बताए । नगरप्रमुख न्यौपानेले व्यासको जन्मभूमि दमौलीका बारेमा देशका अन्यत्र जिल्लामा पनि प्रचार गर्न साइकलयात्रीलाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस