२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एकीकृत समाजवादी पार्टी बैठक : अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रस्ताव पारित

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत प्रस्ताव केन्द्रीय कमिटिको सुझावलाई समावेश गरी सर्वसम्मतले पारित गरेको छ ।

पार्टीको मङ्गलबारदेखि सुरु बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि आज समूहगतरूपमा छलफल भएको थियो । पाँच वटा समूहमा पार्टी केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। समूहका छलफलका क्रममा आएका धारणाका निष्कर्षलाई समूह नेताले बैठकमा प्रस्तुत गरेको थिए ।

आजको बैठकमा समूह १ बाट रामकुमारी झाँक्री, समूह २ बाट रामचन्द्र साह तेली, समूह ३ बाट रमा आले, समूह ४ बाट श्रीप्रसाद साह र समूह ५ बाट दिनेशकुमार राईले आआफ्नो समूहका छलफलमा उठेका विषयको निष्कर्ष प्रस्तुत गरे । बैठकमा उठेका विषयमा अध्यक्ष नेपालले विगतमा जनताको बहुदलीय जनवाद (जबज) लाई कुरूप बनाउने काम गरिएको बताए । जबज माक्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको उनको भनाइ छ । पार्टीले जबजको देवत्वकरण र कुरूपीकरण दुवै नगर्ने उनले बताए । उनले भने, ‘हामी जबजलाई विकसित गर्नेछौँ, त्यसलाई समृद्ध पार्नेछौँ ।’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को मङ्गलबार सुरु केन्द्रीय कमिटीको प्रथम बैठक दोस्रो दिन पनि पूर्वनिर्धारित कार्यसूचीअनुसार जारी रहेको प्रवक्ता खतिवडाले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक बिहीबार पनि जारी रहने छ । भोलि बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक बस्नेछ ।

नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगका गठन, विस्तार र सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ । बैठकमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेबारेमा समेत छलफल हुने बताइएको छ ।

अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटी, सचिवालय, प्रदेश इञ्चार्ज र विभिन्न विभाग गठन गरिएको थियो । प्रदेश, जिल्ला र स्थानीय तहमा समेत भेला, बैठक गरी राजनीतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । युवा र विद्यार्थी सङ्गठन स्थापना गरिएका छन् भने प्रेस सङ्गठन घोषणाको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस