२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीका कारण दर्जनौँ स्थानमा क्षति

अ+ अ-

बाजुरा । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बाजुराका दर्जनौँ स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

रातभर परेको मुसलधारे वर्षाका कारण बूढीनन्दा र बूढीगङ्गा नगरपालिका तथा जगन्नाथ र खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा बढी क्षति पुगेको छ । बाढीका कारण खप्तड छेडेदह गाउँपालिका–६ र ७ मा विद्युत्, नहर र अन्नबालीमा क्षति पुगेको छ ।

आटीचौरको सुर्का बजारमा दुईवटा पसलसमेत बाढीले बगाएर क्षति पुर्‍याएको छ । बाढीले सुर्खा बजारमा धनबहादुर खड्का र खगेन्द्र खड्काको पसलमा पूर्ण क्षति पुगेको छ ।

यस्तै चाम्डेबगर लघुजलविद्युत् आयोजनाको विद्यत्को नहर बगाएर क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध बनेको छ । सेवा अवरुद्ध बनेपछि सिङ्गो गाउँ नै अँध्यरोमा बस्न बाध्य भएका छन् । यस्तै सोही गाउँपालिका–६ मैतोलामा बस्ने हेमन्तनाथ, मनेनाथ, चन्द्रनाथलगायत स्थानीयवासीका खेतबारी र अन्नबाली सबै बगाएर क्षति पुर्याएको छ । वर्षाका कारण सोही वडाका भरत गुयाल,अङ्गेनाथसहितका घरसमेत उच्च जोखिममा रहेको स्थानीयवासीसमेत रहेका व्यापारी मनवीरनाथले जानकारी दिए । अधिकांश बस्तीमा बाढी पसेको र घरका आँगनसमेत पहिरो लागेर चिराचिरा परेका छन् ।

यस्तै वर्षाले जगन्नाथ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा हिँड्ने बाटाहरुसमेत भत्किएका छन् । जगन्नाथ गाउँपालिका–१ स्थित भवानी आधारभूत विद्यालयसम्म जाने गोरेटोबाटो भत्किएपछि बालबालिकालाई विद्यालय जान समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

दिनमा चर्किलो घाम लाग्ने र रातिमा ठूलो पानी पर्ने गरेका कारण बाजुराका सयौँ बस्ती बाढीपहिराको उच्च जोखिममा छन् । साउन भदौमा वर्षाका कारण खासै समस्या नभएपनि विगत केही दिनदेखिको निरन्तर वर्षाले धानबाली भित्र्याउन समेत समस्या भएको किसान डबल रोकायाको भनाइ छ । नजिकै दसैँ आइरहेको छ, विगत चार महिनादेखि साँफे मार्तडी सडक र विभिन्न स्थानीय सडकमा यातायतातका साधनहरु सञ्चालन हुन सकेको छैन् । यातायातको साधन सञ्चालन नहुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी हुन नसकेर ती सामानको मूल्य आकासिएको स्थानीयवासीको भनाइ छ ।

सोमबारदेखि सडक खुलाउन पहल भए पनि लगातार पानी परेका कारण समस्या भएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस