सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्धारा निन्दा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सुडानमा सत्ता हत्याउने प्रयासको महासचिव गुटर्रेसद्धारा निन्दा


६ आश्विन २०७८, बुधबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन् ।

उनले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कु को प्रयास नगर्न आग्रह गरेका हुन् ।

उनले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमण कालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धताहरुमा इमानदार रहन यहाँका सबै राजनीतिक पार्टीहरुलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस